लोकसेवा पास गर्न टिप्स

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०३, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लामो समय अर्थ मन्त्रालयको सचिव भएर अवकास पाएका ट्यालेन्ट शान्तराज सुवेदीले आज तपाईंलाई टिप्स दिँदैछन् । उनले कस्ता प्रश्न आउँछन्, कस्तो तयारी गर्ने, परिक्षामा कसरी लेख्ने र कसरी अन्तर्वार्ता दिएर सरकारी जागिर खान सफल हुने भनेर तपाईंलाई सिकाउने छन् ।

लोकसेवाको परीक्षा कसरी पास गर्ने र ? सुवेदीकै शब्दमा

पहिला तपाईंमा लोकसेवा आयोगको परीक्षा दिनुभन्दा अघि म मिहेनत गरेर अगाडि बढेँ भने सफल हुन्छ भन्ने विश्वास र भरोसा हुनैपर्छ । लोकसेवा आयोगमार्फत् हुने सम्पूर्ण जाँचहरु निष्पक्ष हुन्छन् भनेर विश्वास गर्नुहोस् ।

दोस्रो, लोकसेवा आयोगको परीक्षा र अन्य परीक्षामा फरक हुन्छ । विद्यार्थी उत्तीर्ण पनि हुन्छन् भने लोकसेवा आयोगमा त्यतिले मात्रै पुग्दैन । यदि विज्ञापनमा ५ जना माग गरेको छ र ९० ल्याउने ५ जना हुन्छन् भने ८९ अंक ल्याउने फेल हुन्छ ।

तेस्रो तर सबैभन्दा महत्वपूर्ण कुरा विषयवस्तु हो । विषयवस्तुमा पोख्त हुन सकेको अवस्थामा सबैकुरा मिलाउन सकिन्छ । विषयवस्तुमा आफूलाई पोख्त बनाएर सबै विषयलाई व्यवस्थापन गर्न सकियो भने सफल हुन सकिन्छ ।

प्रश्नलाई र दिइएको समयलाई ध्यानमा राखेर सबै प्रश्नलाई छोएर लेख्न सकियो भने नतिजामा सकारात्मक प्रभाव पर्छ । समय व्यवस्थापन नहुँदा कुनै प्रश्न असाध्यै राम्रो हुँदा पनि कुनै प्रश्न छोडियो भने त्यसले राम्रो गर्दैन् ।

परीक्षा दिन जानु अगाडि तपाईं आफूले गरेको तयारी उत्तरपुस्तिकामा लेख्न सक्नुपर्छ ।

प्रश्नले सोधेको विषयवस्तुको सैद्दान्तिक पृष्ठभूमिको आधार के हो रु यो किन कार्यान्वयन हुन सकेन रु समस्या के हुन् रु समस्याका उपायहरु के हुन् रु भन्ने किसिमले उत्तर दिन सक्नुपर्छ ।

धेरै किसिमका विषय पढ्न थाल्ने हो भने दिमाग जिकज्याक हुन्छ । त्यसैले एउटै विषयवस्तुलाई वा धेरै पढे पनि आफ्नो ढंगले नोट बनाएर त्यसलाई आधार बनाएर अध्ययन गर्न सकियो भने राम्रो हुन्छ ।

समसायिक राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुलाई ध्यानमा राख्नुपर्ने हुन्छ । लेख्दा जहिले पनि लामो गफ लेख्नु हुँदैन । धेरै विद्यार्थीहरुलाई प्रश्नको उत्तर आफूलाई जाने जस्तो लाग्छ र आफ्नो तरिकाले धेरै लेख्ने हुन्छ । वास्तवमा प्रश्नले सोधेको के थियो रु भन्ने आधारमा मात्रै उत्तर दिनुपर्छ । प्रश्नले एउटा उत्तर खोजेको हुन्छ हामीले मिल्दोजुल्दो लेखेर आउँछौं । जाँच पनि राम्रो भए जस्तो लाग्छ तर प्रश्नको उत्तर सही नहुनसक्छ ।

अलिकति अक्षरको पनि भूमिका हुन्छ । राम्रा अक्षरमा लेख्नु भयो भने जाँचकलाई पनि सहज हुन्छ । म आफैं पनि लोकसेवाको कपी जाँच्छु । राम्रा र प्रष्ट अक्षरले जाँचकको मन आकर्षित गर्छ ।

अर्को महत्वपूर्ण कुरा समयको व्यवस्थापन हो । प्रश्नलाई र दिइएको समयलाई ध्यानमा राखेर सबै प्रश्नलाई छोएर लेख्न सकियो भने नतिजामा सकारात्मक प्रभाव पर्छ । समय व्यवस्थापन नहुँदा कुनै प्रश्न असाध्यै राम्रो हुँदा पनि कुनै प्रश्न छोडियो भने त्यसले राम्रो गर्दैन् ।

 

प्रकाशित : 15 February, 2021

प्रतिक्रिया दिनुहोस्