नेप्से सोमबार १ सय अंकले बढ्यो, साढे १० अर्बको कारोबार

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०३, साताको दोस्रो दिन सेयर बजार बढेको छ । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाले सेयर धितोमा कडाइ गर्ने हल्ला चलेपछि आइतबार घटेको थियो तर राष्ट्र बैंकले कुनै परिवर्तन नगरेपछि सेयर बजार आफ्नै लयमा फर्किएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९२.४२ अंकले बढेको छ । दिनभरि २०५ कम्पनीको सेयर कारोबार हुँदा साढे १० अर्व बरावरको कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेमा २०५ कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ सेयर कित्ता ६८ हजार ३१९ पटक किनबेच हुँदा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६९९ रुपैयाँको कारोबार भएको छ । जीवन बीमा र निर्जीवन बीमा समहूका लगानीकर्ताले सबैभन्दा धेरै क्रमशः ७९७.९१ अंक र ४४७.४४ अंकले कमाए ।

प्रकाशित : 15 February, 2021

प्रतिक्रिया दिनुहोस्