के गर्ने त नराम्रो सपना देखे
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०४, राम्रो सपनाले खुशी दिलाउँछ भने नराम्रो सपना देखेमा हामी जो कोहिलाई पनि मनमा डर पैदा गराउँछ । नराम्रो सपना देखेमा विभिन्न नकारात्मक आशंकाहरु पनि मनमा आइरहन्छ । बिहान देखिएको सपना पूरा हुने ज्योतिषशास्त्रमा उल्लेख छ । नराम्रो सपना देखेमा सूर्यको स्तुति गर्नुपर्ने ज्योतिषशास्त्रको भनाई छ । यो स्तुतिले नराम्रो सपनाले पुर्याउने क्षति पनि कम गर्ने ज्योतिषशास्त्रमा उल्लेख छ ।
आदित्यः प्रथमं नाम, द्वितीयं तु दिवाकरः
तृतीयं भास्करं प्रोक्तं, चतुर्थं च प्रभाकरः
पंचमं च सहस्त्रांशु, षष्ठं चैव त्रिलोचनः
सप्तमं हरदिश्वश्च, अष्टमं च विभावसुः
नवमं दिनकृत प्रोक्तं, दशमं द्वादशात्मकः
एकादशं त्रयीमूर्त्तिर्द्वादशं सूर्य एव च
द्वादशैतानि नामानि प्रातःकाले पठेन्नरः
दुःस्वप्ननाशनं सद्यः सर्वसिद्धि प्रजायते