ब्यूटी क्विनमाथि ५० वर्षको सजाय हुनसक्ने खतरनाक ग्याङ्गमा संलग्न भएको आरोप

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०४, मेक्सिकोकी २५ वर्षकी एक ब्यूटी क्विनमाथि खतरनाक आपराधिक समूहमा समावेश भएको आरोप लागेको छ । मेक्सीको प्रहरीले यो मामिलामा आठजनालाई पक्राउ गरेको छ जसमा लरा माजिका रोमेरोको नाम पनि समावेश छ । रिपोर्टका अनुसार यदि उनीमाथि लागेको आरोप प्रमाणित भए उनीहरुलाई ५० वर्षको सजाय हुनसक्छ ।

रिपोर्टका अनुसार २५ वर्षकी रोमेरो एउटा यस्तो आपराधिक संगठनसँग सम्बन्धित छिन् जसले ओएक्साका र वेराक्रुजजस्तो शहरमा अपरहणका लागि जिम्मेवार छन् । वेराक्रुजको स्टेट एटोर्नीले उनीहरुलाई ११ फेब्रुअरीमा शहरको एउटा घरबाट पक्राउ गरिएको पुष्टि गरेको बताईएको छ ।

प्रकाशित : 16 February, 2021

प्रतिक्रिया दिनुहोस्