बहुविवाहको अभियोगमा वडाध्यक्षको जोडीलाई कैद
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०४, तेस्रो बिहे गर्ने सल्यानका एक वडाध्यक्षको जोडीलाई अदालतले कैद सजाय सुनाएको छ । बहुविवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९, का वडाध्यक्ष इन्द्रबहादुर कुमाइको जोडीलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको बाईएको छ ।
अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीका अनुसार न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले वडाध्यक्ष र उनीसँग विवाह गरेकी ग्वामी विष्ट कुमाइलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला गरेको हो। वडाध्यक्षका घरमा दुई श्रीमती र ४ छोराछोरी छन् भने मंसिर ३ गते बहुविवाह गरेका उनीहरूलाई प्रहरीले मंसिर १९ गते पक्राउ गरेको थियो ।