सोलुखुम्बुका गाउँमा ‘फोर जी’ सेवा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०४, सोलुखुम्बुका दुर्गम गाउँमा पनि नेपाल टेलिकमले फोर जी सेवा पुगेको छ । फोर जी सञ्चालनमा आएपछि इन्टरनेट तिव्र गतिमा चलाउन पाएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । सोलुखुम्बुको सोताङमा निर्माण गरिएको फोरलेग टावरबाट सोलुखुम्बुकै दुर्गम मानिने दूधकोशी पारि पहिलो चोटी टेलिकमले फोरजी सेवा सुरु भएको हो ।

त्यस्तै, थुलुङदूधकोशी गाउँपालिकाको कागेलडाँडामा निर्माण गरिएको टावरबाट पनि फोरजी सेवा सुरु भएपछि तल्लो क्षेत्रमा इन्टरनेट चलाउन सहज भएको छ । हालसम्म सोलुखुुम्बुको सदरमुकाम सल्लेरी, सोताङ, काँगेल र पत्तालेबाट फोरजी सेवा सञ्चालनमा रहेको थियो ।

 

प्रकाशित : 16 February, 2021

प्रतिक्रिया दिनुहोस्