डाक्टर भोला रिजालको चिकित्सकीय यात्रा
काठमाडौं । फाल्गुन ०५, स्त्रीरोग तथा टेष्टट्युव विशेषज्ञ डा. भोला रिजालको चिकित्सकीय यात्रामा धेरै सुखदुखले भरीएको छ। यस बिचमा उनले निकै जटिल केसहरू समेत हेरे। कुनै घटनाले त उनको मन अहिले पनि हुँडल्छ। २०२९ सालमा बङ्गलादेशको ढाकाबाट एमबिबिएस गरिसकेपछि पहिलो पटक जागिरे भएर कपिलवस्तुको तौलिहवा अस्पतालमा पुग्दाको २ वटा केस उनी सधैँ स्मरण गरीरहन्छन्।
भु्ल्न नसक्ने २ केस
तौलिहवामा बस्दा ११ वर्षीय बालिकाको घाँटीमा चाँदीको हँसुली (एक प्रकारको चाँदीको माला) लगाएकी रहिछन्। त्यो हँसुली झिक्न खुँडाजस्तो हतियारले बालिकालाई मार्न कसैले गर्धनमा काटीएतापनि मार्न चाहिँ मारेन छन्। उनको अवस्था पनि निक्कै जटिल थियो। बचाउन सकिने नसकिने कसरी भन्नु ? उनी शल्यक्रियामा जुटे। पाँच घण्टा बढी समय लाग्यो शल्यक्रियामा। शल्यक्रिया सकियो। भगवानको कृपाले ११ वर्षकी ती बच्ची बाँचिन् ।
अर्को केस, ८ वर्षकी उमा नाम गरेकी बालिका आँपको हाँगाबाट खसेर टाउकोमा बज्रिएर मस्तिष्क नै बाहिर निस्किएको रहेछ । बालिकाको मस्तिष्कको शल्यक्रिया गर्ने आँट गर्न सकेनन्। बरु आफैँ खर्च दिने भन्दै उपचारका लागि भारतको लखनउ लैजान आग्रह गरे। तर भारत जान आर्थिक समस्याले रोके पछि जे त पर्ला भनेर सहयोगीलाई टर्च बाल्न लगाएर डाक्टर आफैँ बालिकाको शल्यक्रियामा जुटे। शल्यक्रिया सफल भएपछि बालिकाको परिवार निक्कै खुसी भयो।
रगतको अभावका कारण सुत्केरी बचाउन सकिएन
करिब २५ वर्ष अगाडिको ओम अस्पतालमै रगतको अभावमा उनले एक २३ वर्षीय आमालाई बचाउन सकेनन्। ‘बच्चालाई त बचायौँ। आमालाई बचाउन सकिएन। ब्लड दिन पाएको भए आमा पनि बाँच्थिन्।’ रगत खोज्दाखोज्दै उनको ज्यान गएको रहेछ।
एमबिबिएस पढ्न नपाउँदा
त्यो बेला भारतले ‘कोलम्बो प्लान’ भनेर डाक्टर पढ्न चाहने नेपाली विद्यार्थीका लागि १४ वटा कोटा (सिट) दिन्थ्यो। डा। भोलाले पनि भारतमा डाक्टर अध्ययन गर्न जानका लागि प्रतिस्पर्धा गरेतापनि उनी छनोट भएनन् ।
शव गन्हाएर खाना खानै गाह्रोएमबिबिएस अध्ययनका लागि उनी सन् १९६६ मा पाकिस्तान गए। त्यहाँ अध्ययन गर्दागर्दै पाकिस्तान टुक्रियो र बङ्गलादेश बन्यो। सन् १९६९ मा ढाकामा ९तत्कालीन पाकिस्तान० आधा घण्टाको नेपाली भाषाको रेडियो कार्यक्रम चलाउने निर्णय भयो। रेडियो कार्यक्रम सञ्चालनका लागि डा। भोला समेत छनोट भए। ‘७ वर्ष मैले नि पत्रकारिता गरे। त्यहाँ न्युज पढेँ,’ उनले भने। ढाकाको बसाईकोक्रममा उनले गीत पनि लेखे
‘यो हाम्रो देश, कति राम्रो देश।’
‘यो हाम्रो देश, यो हो बङ्गलादेश।’
बङ्गलादेशमा एमबिबिएसको एउटा कक्षामा १ सय २० जना थिए। धेरैजसो बङ्गाली गुरुहरू नै। एक वर्षमा एनाटोमी (शवको चिरफार) गर्दा ६ जना विद्यार्थीको भागमा एउटा शव पर्थ्यो। शल्यक्रिया गरिसकेपछि कयौँ दिनसम्म हात गन्हाएझैँ लागिरहने रे। अनि कसरी रुचोस् खाना।
एमडि गरेर फर्कँदा जागिर खोसियो
एमडि अध्ययनका लागि उनी २०३६ सालमा फेरी बङ्गलादेशको ढाका पुगे। भोला ढाकाको इस्टिच्युड अफ पोस्ट ग्र्याजुएट एन्ड मेडिसिन एन्ड रिसर्च सेन्टरबाट स्त्री तथा प्रसूति रोग विशेषज्ञ भएर २०३९ सालमा नेपाल फर्किए। ३ वर्षको अध्ययन सकाएर नेपाल फर्कँदा त उनको सरकारी जागिर गइसकेको थियो। २०६४ मा जनआन्दोलन हुँदा उनी निर्देशक थिए। २०५० सालतिर उनले टिचिङको जागिर पनि छोडेर आफै ओम अस्पताल खोले ।
टेस्ट ट्युब बेबीको प्रारम्भ
गर्भपतनको कानुनी व्यवस्थापछि धेरै आमाहरूको ज्यान जोगिएको छ। अनिच्छित गर्भबाट किशोरीहरूले मुक्ति पाएका छन्। निःसन्तानको सन्तानको इच्छा पुरा गर्न उनकै अगुवाइमा २०६० सालमा ओम अस्पतालमा टेस्ट्युब बेबी जन्माउने सेवा सुरु भयो। नेपालमा पहिलो टेस्ट्युब बेबी (ओममणि तामाङ) जन्माउने श्रेय पनि आफू र आफ्नो टिमले पाएको उनी बताउँछन्।