महिला लिग फुटबल, एपीएफ विजयी
सहयात्रा टिभी
काठमाडौं । फल्गुन ०५, विभागीय क्लब एपीएफले राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १–१ बराबरीमा रोकेपछि दुई खेल अगावै एपीएफ लिग च्याम्पियन बनेको हो ।
प्रतियोगिताको उपाधि जितेसँगै एपिएफले १० लाख नगद पुरस्कार पक्का गरेको छ। यस्तै उपविजेता बनेको आर्मीले पनि आठ लाख नगद पक्का गरेको छ। अब प्रतियोगितामा तेस्रो हुनेले पाँच लाख तथा चौथो हुनेले तीन लाख प्राप्त गर्नेछ। एपीएफ जारी लिगमा अपराजित रहने एक्लो टोलीसमेत हो । अब एपीएफले बाँकी दुई खेल प्रतिष्ठाका लागि मात्र खेल्नेछ। पुलिससँग बराबरी खेलेको आर्मी पनि जारी लिगको उपविजेता बनेको छ। आर्मीले ११ खेलमा २६ अंक जोडेको छ। यस्तै ११ खेलमा १५ अंक जोडेको पुलिस क्लब चौथो स्थानमा उक्लिएको छ।