आजदेखि तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०६, २००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम आयोजना गरि मनाईँदै छ । सरकारले आजदेखि विभिन्न कार्यक्रमको आयोजना गरेर तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको थियो । देशभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा राष्ट्रिय दिवसका रुपमा मनाउन लागिएको छ ।

प्रकाशित : 18 February, 2021

प्रतिक्रिया दिनुहोस्