“बिद्यालयमा बाल साहित्य क्लवको महत्व” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । फाल्गुन ०६, काठमाडौ जिल्लाको उत्तरी भेगमा पर्ने तारकेश्वर नगरपालिका वार्ड नं ५ गोलढुंगामा अबस्थित नागार्जुन माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत ४० जना छात्र छात्राकालागि लक्षित गरि संचालन गरिएको बिद्यालयमा “बाल साहित्य क्लवको महत्व” बिषयक एकदिने अन्तरक्रिया कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको छ ।
बाल वालिकाको मानसिक तथा बौद्धिक विकास गराउने र बिद्यालयमा बाल साहित्यिक गतिबिधि बढाउने जस्ता उद्येश्य राखी संचालन गरिएको उक्त कार्यक्रम भने किवानिज क्लव अफ स्वयंभु नेपाल, ठमेलले आयोजना गरेको थियो । जुन कार्यक्रममा त्यस कार्यक्रमका सहजकर्ता सुशील आचार्यले बालवालिकाहरू सानै उमेर देखी साहित्यको क्षेत्रमा लाग्दा के फाईदा हुन्छ ? बाल साहित्य क्लव भनेको के हो ? बाल साहित्य क्लव कसरी खोल्ने र बाल साहित्य क्लव मार्फत बालवालिकाले कस्ता कस्ता कार्यक्रमहरू संचालन गर्न सक्छन ? भन्ने बारे सहभागीमूलक बिधि बाट प्रश्नोत्तर गर्दै कार्यक्रम संचालन गर्नुभएको थियो भने सोहि कार्यक्रममा नै सहभागी बालवालिकाहरूलाई बाल कथा, बाल कविता तथा बाल गीत लेख्ने तरिका सिकाउदै बाल कथा बाल कविता र बाल गीत नमुना समेत प्रस्तुती गरिएको थियो ।
यसैगरि सोहि कार्यक्रमको अन्त्यमा उक्त कार्यक्रम संचालन गरि सफलतापूर्बक सम्पन्न गरेकोमा त्यस बिद्यालयका प्रधानाध्यापक राम कुमारी पौडेलले त्यस कार्यक्रमका आयोजक संस्था किवानिज क्लव अफ स्वयंभु नेपाल ठमेल तथा सहजकर्ता सुशील आचार्यलाई संयुक्त रूपमा प्रशंशा–पत्र प्रदान गर्नुभएको थियो ।