मेडिकल कलेजको काम अस्त–व्यस्त

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०६, सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने निर्णयगरी बजेटसमेत छुट्याउन थालेको करिब चार वर्ष भएको छ, तर कर्णाली प्रदेशमा भने मेडिकल कलेज बन्ने अझैसम्म टुंगो लागेको छैन ।

कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णयपछि जीतबहादुर रानाको संयोजकत्वमा एक समिति बनेको थियो । सो समितिले वीरेन्द्रनगर ११, १२ र १३ मा पर्ने गाग्रेताल डाँडादेखि नेवारेडाँडाको सामुदायिक वनमा मेडिकल कलेज निर्माण गर्ने र तत्कालीन मध्यपश्चिम क्षेत्रीय अस्पताल हालको कर्णाली प्रदेश अस्पताललाई प्रयोगात्मक अभ्यास गर्ने अस्पताल बनाउने निर्णय गरी सिफारिस गरेको बताईएको छ ।

सरकारले कलेजको जग्गा प्राप्तिलगायतका पूर्वाधार विकासका काम गर्नेगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहनेगरी ‘सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास आयोजना’ को नामबाट २०७६ जेठमा वीरेन्द्रनगरमा कार्यालय स्थापना भयो । कार्यालय खुले पनि बजेट नहुँदा कार्यालयले साउनअघि कामअघि बढाउन सकेन । २०७६ साउनदेखि कार्यालयमा बजेट पनि आयो तर काम भने अघि बढ्न सकेन । मेडिकल कलेजका लागि वीरेन्द्रनगर ११, १२ र १३ को केही भू–भाग पर्ने गाग्रेतालमा जग्गा उपलब्ध हुने सक्ने भनी पहिलो पटक दिपा हमालको संयोजकत्वमा बनेको समितिले सिफारिस गरेको थियो ।

प्रकाशित : 18 February, 2021

प्रतिक्रिया दिनुहोस्