मेकअपका कारण सामाजिक सञ्जालमा ट्रोल: सुष्मा
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०६, फाल्गुण २ गते प्रेम दिवसका दिन आइतवार दरवारमार्गको लण्डन पब क्याफेमा सुष्मा कार्कीले आफ्नो जन्मदिनको पार्टीको आयोजना राखेकी थिइन् ।
बर्थडे पार्टी, विशेष बनाउनलाई उनले लामो समयदेखि नै तयारी गरेकी थिइन् । आफुलाई विशेष देखाउन कुनै कसुर बाँकी राखिन्न भने पार्टी सुरु हुनुभन्दा अगावै पार्लरमा सिंगारेर उनी आफ्नो जन्मदिन मनाउन पुगेकी थिइन् । तर, उनले यति हेभी मेकअप गरेकी थिइन् कि पार्टीमा उनलाई ठम्याउन धेरैले आँखा नै मिच्नु परेको थियो । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्विरमा पनि उनलाई चिन्न फोटो ‘जुम’ नगरेसम्म गाह्रो पर्छ । उनी मेकअपका कारण सामाजिक सञ्जालमा ट्रोल र मजाकको पात्र बनेकी छन् ।