आज पनि फेरी घट्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०६, बिहीबर पनि सुनको मूल्यदर घटेको छ । छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधबार ८९ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आज ८९ हजार २०० रुपैयाँ कायम रहेको छ । यस्तै तेजावी सुनको भाउ आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ । चाँदीको आजको भाउ १३३५ रुपैयाँ तोकिको छ ।

प्रकाशित : 18 February, 2021

प्रतिक्रिया दिनुहोस्