फेसबुकमा समाचार हेर्न तथा सेयर गर्न नपाइने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०६, फेसबुकले अस्ट्रेलियामा समाचारमा प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको बीबीसीले बताएको छ ।

यसले गर्दा अस्ट्रेलियाका नागरिकलाई सूचना पाउनेमा समस्या हुने भएको छ । बिहान उठ्दा फेसबुकमा स्थानीय र अन्तर्राष्ट्रिय सबै न्यूज साइट बन्द भएको पाइएको त्यहाँका स्थानीयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यस्तै महत्त्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् । सरकारको स्वास्थ्य सम्बन्धी सामग्री र आपत्कालीन फेसबुक पेजसमेत बन्द गरेको फेसबुकले पछि यसलाई भने खुला गरेको छ । अस्ट्रेलिया सरकारले फेसबुकको यो प्रतिबन्धलाई उसको विश्वसनीयताका लागि खतरा भएको टिप्पणी गरेको छ । समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नुपर्ने अस्ट्रेलियाको प्रस्तावित कानुनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो ।

प्रकाशित : 18 February, 2021

प्रतिक्रिया दिनुहोस्