सुनिल केसी एनएमबि बैंकको सिईओमा पुनः नियुक्त

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०६, एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी पुनः नियुक्त भएका छन् । बैंकको फागुन ११ गते बसेको संचालक समितिको बैठकले केसीलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सिइओ नियुक्त गरीएको छ ।

३० बर्षभन्दा बढि बैंकिङ अनुभव भएका केसीले तत्कालीन ग्रिण्डलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करिअर सुरु गरेका हुन् । एनएमबी बैंकमा भने उनी सन् २००८ मा नायब महाप्रबन्धकको रुपमा छिरेका थिए । बैंकले आगामी चैत १ गतेदेखि लागू हुनेगरी दोस्रो कार्यकालका लागि सिईओ नियुक्त गरेको हो ।

प्रकाशित : 18 February, 2021

प्रतिक्रिया दिनुहोस्