होटल, रिसोर्ट तथा बुटिकलाई सरकारद्धारा संकेत चिन्हको निर्देशन
काठमाडौं । फाल्गुन ०६, सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्ह प्रदान गर्ने भएको छ ।
होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्ने गरी राख्नुपर्ने पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङको भनाई रहेको छ । सो चिन्हमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको चिन्ह र सबैभन्दा तल होटलको नाम हुनु पर्ने छ ।
यस्तै मोटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्मा एम र पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा आइ लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गर्ने भएको छ । बेड एण्ड ब्रेकफाष्टको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा बी एण्ड बी लेखिएको चिन्ह र पर्यटक स्तरको होटलमा स्तरवर्गीकरण भएका सबै होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा टिएस लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने पनि महानिर्देशक तामाङले बताउनुभयो ।