कतार एयरवेजको टिकट किन्दा ग्लोबल आइएमई बैंकले दियो आकर्षक छुट

सहयात्रा टिभी

काठमाडौं । फल्गुन ०७, ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नका लागि बैंकका बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता सिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट–क्रेडिट प्रिभिलेज कार्डबाहेक ग्राहकले अनलाइन बुकिङमार्फत् कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

प्रकाशित : 19 February, 2021

प्रतिक्रिया दिनुहोस्