‘विश्रामपुर’ उपन्यास सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । फल्गुन ०७, पदम गौतमद्वारा लिखित उपन्यास ुविश्रामपुरु बजारमा आएको छ। राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो उपन्यास हो ‘विश्रामपुर’। यसअघि उनका ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ कविता संग्रह तथा ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजल संग्रह प्रकाशित छन्।

उपन्यास लेखिनुको पृष्ठभूमिका बारेमा लेखक भन्छन्,‘यो उपन्यासको भावभूमि र मुख्य विषय तीन-चार दशकअघिका त्यहाँका मान्छेका सपनाको हत्या हो। मैले समाजका सपना र मेरा कल्पनालाई एकै ठाउँमा जोड्ने प्रयास गरें धेरै पटक। पात्र र गाउँ काल्पनिक भए पनि सपना उही हुन्, मान्छेका कथा उही हुन्।’

प्रकाशित : 19 February, 2021

प्रतिक्रिया दिनुहोस्