म्याग्दीको सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण सुरू
काठमाडौं । फाल्गुन ०९, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण सुरू भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडक अन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको शनिबार विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाद्धारा शिलान्यास सम्पन्न भयो।
“सम्झौता लगत्तै पुल निर्माण गर्ने ठाउँमा लगेका मेसिन दुई महिनासम्म खोला किनारमै राखेर फिर्ता गर्नुपर्यो”, उहाँले भन्नुभयो, “प्राधिकरणले गत भदौमा नयाँ डिजाइन स्वीकृत गरेर कार्यादेश दिएपछि अहिले काम सुरू गरेका छौँ ।” पुलको पाउद्वारतर्फको पिलर निर्माण सुरू गरेको निर्माण कम्पनीले पोखरेबगर तर्फको पिलरको जग खन्ने तयारी गरेको छ ।
भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डिपिआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनः डिजाइन गरेर काम अघि बढाएको एकाइका प्रमुख नारायण ढकालले बताउनुभयो ।