पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आज भारतमा स्वास्थ्य परीक्षण हुँदै
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन १०, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा स्वास्थ्य परीक्षण हुँदैछ । आज दिउँसो १ः३० बजे उनको स्वास्थ्य परीक्षण डा. प्रोफेसर विक्रम भाटियाद्वारा हुनेछ भने स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्श पश्चात मात्रै रोगको निर्क्यौल हुनुका साथै उपचारका बारे के कसो गर्ने भन्ने टुंगो लाग्ने बताईएको छ ।
उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँ स्थित नेपालको दूतावासमा हुनेछ । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।