मेडिकल काउन्सिलका सबै परीक्षा कम्प्युटरबाट

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १०, नेपाल मेडिकल काउन्सिलले लिने सबै परीक्षा कम्युटर प्रणालीमार्फत सुरू गरीएको छ । काउन्सिलले लिने दर्ता–प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) लाई समेत कम्प्युटरमा आधारित बनाएको छ ।

ललितपुरको पुल्चोकस्थित इञ्जिनीयरिङ क्याम्पसमा लिइरहेको डाक्टरको परीक्षा कम्प्युटर प्रणालीमार्फत् लिएको छ । मंसिरको परीक्षा प्रभावकारी भएपछि काउन्सिलले पहिलो पटक ‘पेपरलेस’ परीक्षा सञ्चालन गरेको छ। कागजी प्रणालीलाई पूरै प्रतिस्थापन गरी डाक्टरको परीक्षा सम्पूर्ण रुपमा कम्प्युटर प्रणालीमार्फत् लिइएको हो। ‘हामीले खासै नयाँ काम त गरेका होइनौँ, यस्तो सबैले गरेका छन्, तर हामीले गरेको कामले धेरैलाई सहज बनाएको छ। पहिला ‘पेपर’ बाट परीक्षा लिँदाभन्दा अहिले मेडिकल काउन्सिल, परीक्षार्थी र परीक्षक सबैलाई सजिलो भएको मेडिकल काउन्सिलको मूल्याङ्कन छ ।’ नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले भने, ‘पहिले समय पनि बढी खर्च हुन्थ्यो। जाँच्न पनि उत्तिकै समय लाग्थ्यो । अहिले डिजिटलाइज भएपछि त्यो समस्या हल भएको छ। परीक्षा दिनेलाई पनि सहज भएको छ।’

 

प्रकाशित : 22 February, 2021

प्रतिक्रिया दिनुहोस्