बेलायतमा कोरोनाको संक्रमणबाट थप १ नेपालीको मृत्यु

काठमाडौं । फाल्गुन १०, कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा थप १ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त बेलायतमा १ जनाको संक्रमणबाट निधन भएको बताईएको छ । यो सहित २१ देशमा कोरोना संक्रमणले विदेशमा निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, यूएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ। समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् ।