कतारको फुटबल खेलाडीले सन्चारमाध्यममा जथाभावी बोलेको आरोपमा सजाँय घोषणा
सहयात्रा टिभी
काठमाडौं । फल्गुन १०, कतारमा एकजना फुटबल खेलाडीले सन्चारमाध्यममा जथाभावी बोलेको आरोपमा २ वटा म्याच खेल्न प्रतिबन्ध साथै ३० हजार कतारी रियाल जरिवाना गरिएको छ।
कतार फुटबल संघको अनुशासन कमिटीले अल साद क्लबका खेलाडी अक्रम अरिफलाई यस्तो सजाँय घोषणा गरेको हो। उनले कतारकप फुटबल प्रतियोगिताको सेमी फाईनल खेल भैसकेपछि अलकास टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्ता पछि सामाजिक माध्यममा बिबादास्पद भई ब्यापक बनेको थियो। कतारमा फुटबल संघ,फुटबल प्रतियोगिताका आयोजक वा क्लब बिरुध्द सचाँरमाध्यम वा सामजिक माध्यमबाट कुनै प्रकारको लान्छना लगाउन नपाउने नियम रहेको छ।