मृत्युपछि शवलाई पुनः मृत्युदण्ड
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ११, इरानमा मृत्युदण्डको प्रतीक्षा गरिरहेकी महिला जहरा इस्माइलीको हृदयघातका कारण मृत्यु भएपछि उनको शवलाई फाँसी दिइएको छ । मृत्युदण्ड दिने बेला महिला उभिएको कुर्सी हटाउने अधिकार पीडितकी आमालाई दिइएको थियो । यही अधिकार सदुपयोग गर्नका लागि उनलाई फाँसी दिइएको वकिलले दाबी गरे ।
दोषीका वकिल ओमिद मुरादीका अनुसार जहरालाई कुनै पनि मूल्यमा फाँसी दिनु पर्दथ्यो किनभने उनकी सासु मृत्युको कुर्सी हटाउने अधिकार प्रयोग गर्न चाहन्थिन् भने जहराका श्रीमान् इरानी गुप्तचर सेवामा अधिकारी थिए । जहराका वकिलका अनुसार दुई सन्तानकी आमा जहरालाई लाइन लगाएर राखिएको १६ दोषीको पछाडि राखिएको थियो र उनीहरुलाई झुण्डाएको हेर्न बाध्य पारिएको बताईएको छ ।