दराज हाट बजारमा १ रुपैयामा नै डिशहोम फाईबर नेटको ६ महिनाको प्याकेज पाईने
काठमाडौं । फाल्गुन ११, डिशहोमले यहि फागुन ११ देखि सुरु हुन लागेको दराज हाट बजारमा अव जम्मा १ रुपैयामा नै डिशहोमको फाईबर नेटको ६ महिनाको प्याकेज प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।
नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम बीचको सहकार्य अनुरुप दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाको गेममा भाग लिएर जित्न सकिने डशहोमले जनाएको छ ।
साथै, डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिनेछ । ग्राहकहरु लाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराज संगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मुल्यमा अनलाईनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाएको हो । यसवाट प्रत्यक्ष रुपमा डिशहोमका ग्राहकहरुले नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मुल्यमा सजिलै अनलाईनमार्फत पनि खरिद गर्न सकिने व्यवस्था डिशहोमले मिलाएको हो ।