भारतको उत्तर प्रदेशमा भीषण सवारी दुर्घटना, सात जनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौँ । फागुन १२, भारतको उत्तर प्रदेशस्थित मथुरा नजिकै यमुना एक्सप्रेस वेमा डिजेल ट्यांकरले एक कारलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ ।
मृत्यु हुने सातै जना कारमा सवार यात्रु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा मृत्यु हुने सातमध्ये चार जना एकै परिवारका सदस्य हुन् ।
तीव्र गतिमा रहेको ट्यांकर अनियन्त्रित भइ विपरित दिशाबाट आउँदै गरेको कारलाई ठक्कर दिएको बताइएको छ ।
मंगलबार राति साढे बजे भएको उक्त भीषण दुर्घटना भएको भारतीय अनलाइन भास्कर डटकमले जनाएको छ । दुर्घटनामा कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
नोएडाबाट आउँदै गरेको ट्यांकरको दायाँ पट्टिको चक्का पड्किएका कारण अनियन्त्रित भएर अर्कोतर्फको सडकमा पल्टिन पुगेको थियो । त्यहीक्रममा आगरातर्फबाट आउँदै गरेको कारसँग ठोक्किएको प्रहरी अधिकारीलाई उदृत गर्दै उमर उजालाले जनाएको छ ।