घरभित्रै पसेर चितुवाको आक्रमण

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १२, पर्सामा चितुवाको आक्रमणमा बाट ६५ वर्षीय कुलबहादुर खत्री घाइते भएका छन् । पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँपसेको चितुवाले मंगलबार राति उनको घरभित्रै पसेर आक्रमण गर्दा उनी घाइते भएका छन्।

राति करिब ८:३० बजे घरभित्रै आगोतापेर बसिरहेको अवस्थामा खत्रीलाई चितुवाले आक्रमण गरेको प्रहरी चौकी सुवर्णपुरका असई इन्दिवर चौधरीले बताएका छन् । घाइते खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । उनको मुख, हात र नाकमा २४ वटा टाँका लगाइएको छ ।

प्रकाशित : 24 February, 2021

प्रतिक्रिया दिनुहोस्