सुनको जलहरीको क्षमा पूजामा सहभागी हुदैँ राष्ट्रपति भण्डारी
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन १२, पशुपतिनाथ मन्दिरमा सुनको नयाँ जलहरी पिठिका स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजाको विशेष विधि पूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले समापन गर्नुहुने छ । जलहरी राख्नका लागि गत फागुन ८ गते देखि नै क्षमा पूजा हुँदै आएकोमा मंगलबार बेलुका पिठिका स्थापनाका लागि विशेष पूजा भएको पशुपति क्षेत्र बिकास कोषले बताएको छ ।
गए राती बिशेष पुजा गरी पशुपतिनाथको मुल मूर्ति शिवलिंगकोे फेदमा सुनको नयाँ जलहरी राखिने काम सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पशुपति मन्दिरमा चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी राख्न लागिएको हो । १ सय ८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १ सय ४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको छ ।