जेफ बेजोस पुनः संसारका सर्वाधिक धनाढ्य बन्न सफल, एलन मस्कले गुमाए ताज

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १२, विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकारी (सीइओ) एलन मस्क यो वर्षको जनवरीमा संसारको सबैभन्दा धनी व्यक्ति बनेका थिए तर एक महिना पछि नै उनको उपाधि खोसिएको छ ।

१ महिना अघि टेस्लाको सेयरको मूल्यमा अत्यधिक बढोत्तरीका कारण एलन मस्कको कूल सम्पत्ति १ खर्ब ८५ अर्ब डलर पार रहेको थियो । तर एलन मस्क अब आफ्नै सेयरमा गिरावटका कारण उनको सम्पत्तिमा १५ बिलियन डलरको कमी आएपछि दोस्रो स्थानमा परेका छन् । यसका साथै, अनलाइन सपिङ प्लेटफर्म ‘अमेजन’ का संस्थापक जेफ बेजोस एक पटक पुनः संसारका सर्वाधिक धनाढ्य बनेका छन् ।

प्रकाशित : 24 February, 2021

प्रतिक्रिया दिनुहोस्