१ लाख १२ हजारभन्दा बढी डिम्याट खाता खुले

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १२, फागुन महिना लागे यता १ लाख १२ हजार ६४७ डिम्याट खाता खुलेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार माघ मसान्तसम्म डिम्याट खाताको संख्या २८ लाख १३ हजार २५० रहेको थियो । फागुन ११ गतेसम्म यो संख्या २९ लाख २५ हजार ८९७ रहेको छ । धितोपत्र कारोबारमा डिम्याट खाता अनिवार्य भए पछि सो खाता खोल्नेको सख्या दैनिक १० हजारमाथी रहेको सिडिएससीका प्रबक्ता सुरेश न्यौपानको भनाई छ । बजारले निरन्तर गति लिईरहदाँ यस अघि अभौतिकरुपमा शेयर धारण गरेर बसेका लगानीकर्ताहरु पनि डिम्याट खोली शेयर अभौतिकीकरण गर्नेतर्फ सक्रिय रहेको समेत उनको भनाई रहेको छ ।

 

 

 

 

 

प्रकाशित : 24 February, 2021

प्रतिक्रिया दिनुहोस्