अबको विकल्प जनताको लोकतन्त्र, पुस्तकको लोकापर्ण
काठमाडौं । फाल्गुन १२, अबको विकल्प जनाताको लोकत्रन्त्र नामक पुस्तकको लोकापर्ण मंगलबार प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच समपन्न भएको छ । यस पुस्तकका लेखक प्रगतिशील विचार राख्ने विगत कम्युनिष्ट आन्दोलनमा लामो समय लाग्नुभएका लेखक कमल निओल रहेका छन् । यो पुस्तक राजनीतिक बजारमा वहसको बिषय बन्ने प्रसस्त सम्भावना रहेको छ ।
सो लोकापर्ण कार्यक्रममा डा. सुरेन्द्र केसी, वैज्ञानिक समाजवादका समयोजक आहुती, विवेकशिल साझा पार्टीका समयोजक मिलन पाण्डे, नेकपा केन्द्रीय सदस्य रामदीप आचार्यलगायत विभिन्न बौद्धिक व्यक्तिहरू, पत्रकारहरू समेतको सहभागी रहेको थियो । कार्यक्रममा वैज्ञानिक समाजवादी समयोजक आहुतीले लेखकलाई शुभकामना दिँदै अबको विकल्प लोकत्रन्त्र नभई वैज्ञानिक समाजवाद हो । मुलुकमा नयाँ जनवादी क्रान्ति सम्भव छैन किनभने यहाँ राष्ट्रिय पुँजीपति नै छैनन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामदिप आचार्यले पुस्तकप्रति आलोचनात्मक टिप्ण्णी गर्दै बधाई तथा शुभकामना दिए ।