कांग्रेस सभापति देउवासँग दाहाल–नेपाल भेटवार्ता गर्दै

काठमाडौं । फाल्गुन १२, नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ताको तयारी गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा जुटेको दाहाल–नेपाल समूहले नयाँ सरकारको समीकरण बनाउन देउवासँग भेट्न लागेको स्रोतले बताएको छ । दाहाल–नेपालसँग छलफलको तयारी भए पनि समय तय भइनसकेको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ ।