नेदरल्याण्डमा कर्फ्यु जारी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १२, कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कर्फ्युको समय लम्ब्याईएको छ । समाचार अनुसार त्हाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कर्फ्युको समय पनि बढाइएको जनाएका छन् । डच प्रधानमन्त्री मार्क रुटले नेदरल्याण्ड्समा अहिले पनि दोस्रो वेभका भाइरसको प्रकोप बढ्दो रुपमा रहेको र यसका कारण हामीले देशका विभिन्न भूभागमा कर्फ्यु लगाएका छौँ भनेका छन् ।
प्रधानमन्त्री रुटले भने, ‘हामी सहज अवस्थाको पर्खाइमा छौँ, हामीले कोरोना भाइरसको सङ्क्रमण बढ्दो मात्रामा रहेकाले यसको निराकरणका लागि विभिन्न चरणमा प्रयासहरु जारी राखेका छौँ, अबका दिनमा पनि भाइरसको अर्को वेभ आउन सक्ने खतरा रहेकोले त्यसको सुरक्षाका लागि हामीले प्रयास गरिरहेका छौँ । उहाँले आगामी मार्च ३ तारिखदेखि भने अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने जानकारी दिएक छन् । जस्तो कि प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरुमा खुकुलो बनाउने जानकारी उनले दिएका छन् । तर यहाँको सरकारले यहाँ लगाइ आएको कफ्र्युको अवस्था भने नहटाउने जनाएको छ ।