बलिउडमा एक करोड पारिश्रमिक लिने पहिलो अभिनेत्री: श्रीदेवी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १२, बलिउड अभिनेत्री श्री देवीको मृत्यु भएको आज तेस्रो वर्ष भएको छ भने फ्यानहरुले आज विभिन्न तरिकाले उनलाई सम्झिरहेका छन्। श्रीदेवीको जन्म १३ अग्स्ट १९६३ मा भएको थियो। ४ वर्षको कलिलै उमेरमा उनले फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइ्न्। उनले तमिल फिल्मबाट आफ्नो करियर सुरु गरेकी थिइन्।
श्रीदेवीले आफ्नो जादुमयी अभिनयबाट आफ्ना फ्यानहरुमाझ धेरै छाप छाडेकी छन्। उनको भौतिक शरीर नरहे पनि उनी अभिनित धेरै पात्रहरु आज पनि रिलमा जीवन्त छन्। श्रीदेवी बलिउडकी पहिलो हिरोइन् हुन् जसले एक करोड पारिश्रमिक लिएकी थिइन्। उनले एक करोड पारिश्रमिक लिँदा उनको चर्चा सर्वत्र चुलिएको थियो। फिल्म क्षेत्रको तीन दसकमा उनले तीन सयभन्दा बढी फिल्ममा काम गरिन्। जसमध्ये ६३ वटा हिन्दी भाषाका रहेका छन्।