अबको लडाइँ संसदमा हुने: प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । फाल्गुन १२, प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको स्वरूप फेरिएको बताएका छन्। आफ्नो समूहका स्थायी कमिटी सदस्यहरूको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अबको लडाइँ संसदमा हुने बताएका छन्।
‘अब संसदभित्रको लडाइँ प्रमुख भएको छ। विपक्षीहरू कसरी आउँछन्, हाम्रो रणनीति त्यही अनुसारको बन्नुपर्छ,’ओलीको भनाइ उदृत गर्दै स्थायी समिति सदस्य सत्यनारायण मण्डलले भने,’हामीले हरेक परिस्थितिको सामना गरेर अघि बढ्नुपर्छ।’अर्का स्थायी कमिटी सदस्य लेखराज भट्टले बिहीबार बस्ने बैठकले अहिलेको परिस्थितिबारे थप निर्णय गर्ने बताए। आजको बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ। त्यस्तै देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय भएको छ।