टर्कीमा एक विमान सञ्चालक र दुई पाइलटलाई चार वर्षको जेल सजाय

काठमाडौं । फागुन १३, टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई चार वर्ष दुई महिनाको दरले जेल सजाय सुनाएको छ ।
सन् २०१९ मा निसान मोटर कम्पनीका पूर्व अध्यक्ष कार्लोस घोसनलाई नाटकीय रुपमा जापानबाट भाग्न सघाएको घटनामा दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएको हो ।
यस्तै घटनामा संलग्न दुई जना पाइलटलाई भने प्रवासी कामदार तस्करीमा संलग्न नदेखिएको भन्दै अदालतले क्लीनचिट दिएको एपीले जनाएको छ ।
सन् २०१८ मा टोकियोमा दुराचारसम्बन्धी आरोपमा पक्राउ परेका घोसेनको मुद्दामा संलग्न भएको आरोप प्रमाणित भएपछि तीन जनालाई कारागार चलान गरिएको हो ।
पक्राउ परेका ती नागरिकलाई निजी विमानमार्फत ओसाकाबाट टर्की पठाइएको थियो ।
विभिन्न विवादास्पद घटनामा संलग्न भएको आरोप लागेका फ्रान्सेली, लेबनानी र ब्राजिलको नागरिकता पाएका घोसनले २० वर्षअघि जापानमा निशान मोटरको उत्पादन सुरु गरेका थिए ।
घोसनलाई व्यक्तिगत लाभका लागि कम्पनीको सम्पति दुरुपयोग गरेको क्षतिपूर्तिसम्बन्धी कानुन उल्लंघन गरेको आरोपसमेत लगाइएको छ ।