महिला लघुवित्तको सेयर शुक्रबार बाँडफाँड हुने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १३, महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण सेयर शुक्रबार बाँडफाँड हुने नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले बताएको छ ।साधारण सेयरको बाँडफाड हात्तिसार स्थित नेपालएसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमाहुने समेत विज्ञप्तिमा जनाइएको छ ।

महिला लघुवित्तले गत माघ ३० गतेबाट एक सय रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो भने कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत संस्थाले जानकारी दिएको छ ।

प्रकाशित : 25 February, 2021

प्रतिक्रिया दिनुहोस्