पर्यटनका लागी आकर्षक गन्तव्य र दहको सौन्दर्यकरण

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १३, प्रदेश–२ बारा मा सयौ प्रजातीको चराचुरुङ्गीको क्रिडास्थलको रुपमा परिचित पर्सा राष्ट्रिय निकुञ्जको १६ हेक्टरमा फैलिएरको ऐतिहासिक हलखोरीया दह सौन्दर्यकरण गर्ने काम थालिएको छ भने पर्यटन प्रवद्र्धनमा जोड दिन भन्दै निकुञ्जले दहको जलकुम्भी झार लगायतको सरसफाई गर्न थालिएको बताईएको छ ।

चुरे पर्र्वतमालाको छेउमा रहेको सिमसार क्षेत्रमा रहेको हलखोरीया दह राणाकालमा आउने विदेशी पाहुनाहरुले सिकार गर्ने क्षेत्रको रुपमा परिचित रहेको थियो । पर्यटन अभियन्ताहरुको पटक पटकको दवावपछि हलखोरीयाको महत्व वन्यजन्तु विभागले बुझेपछि यसको सफाई थालिएसँगै उत्साहित भएको होटल पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले बताए । सरकारले आरक्षबाट निकुञ्ज विस्तार गर्दा पूर्वाधार तयारी नगरी घोषणा गरेको भए पनि क्रमशः पूर्वाधारहरु निर्माणाको तयारी थालिएको छ ।

जाडो छल्न साइबेरियाबाट आउने शारसदेखि निकुञ्जकै सयौं प्रजातिका चराचुरुंगीको सुन्दरक्रिडास्थलको रुपमा परिचित हलखोरीया दहमा साना बोटिङलगायतमा पर्यटक रमाउने स्थानको रुपमा विकास गर्न निकुञ्जले काम सुरु गरेको हो । दह वरपर गैंडाको मनपर्ने घाँस रहेको हुँदा गैंडा र बाघलगायतका वन्यजन्तु पनि देखिने भएकाले पर्यटन प्रर्वदनका लागि निकुञ्जले यसअघि मचान बनाएको छ भने र दह सरसफाई सुरु गरेको हो ।

प्रकाशित : 25 February, 2021

प्रतिक्रिया दिनुहोस्