डेटिङमा किन हुन्छ डर?
काठमाडौं । फाल्गुन १४, धेरै व्यक्तिहरू छन् यस्ता छन् जो डेटिङमा जान डराउँछन्। कारण ? मानव प्रकृति अनुसार दिमागमा डर उत्पन्न हुन्छन् र ती पनि सबै गलत धारणाका कारण उत्पन्न भएका भयहरू हुन् । जोसँगको डेटिङको डरले तपाईंको दिमागमा प्रभुत्व जमाउँछ भने यो तपाईंमा उत्पन्न हुने अनावश्यक भय मात्रै हुन् । आउनुहोस्, यहाँ हामी डेटिङको सबैभन्दा सामान्य भयको बारेमा कुरा गर्दैछौं ।
कुनै पनि अपरिचित व्यक्तिसँग बाहिर जान असहज महसुस हुनु आफैँमा स्वाभाविक कुरा हो । यस अप्ठ्यारोका कारण धेरै मानिसहरू डेटिङ जान चाहँदैनन् । तर सोच्नुहोस् त जुन प्रश्न तपाईंको दिमागमा चल्दै छ, यो अर्कोको दिमागमा पनि भएको नहोला र ? यदि तपाईं चिन्तित हुनुहुन्छ भने तपाईंको साथी पनि त उति नै डराएको हुन सक्छ नि होइन र रु गणितमा हामीले पढ्यौं कि (माइनस र माइनस) प्लस हुन्छु । त्यही सूत्र यहाँ पनि लागू गर्नुहोस्। त्यसैले चिन्ता छोड्नुहोस् र डेटिङको लागि हुन्छ भन्नुहोस् ।
हामी सबै चाहन्छौं कि मानिसहरूले हामीलाई मन पराओस्। डेटिङका क्रममा पनि प्रत्येक केटा वा केटीले आफू अघि नै मान्छेलाई मनपराइरहेको हुन्छ । तपाईं जस्तो सुकै भए पनि तपाईंलाई जुनसुकै बेलामा पनि अस्वीकार गर्ने सम्भावना ५०/५० प्रतिशत हुन आउँछ ।
यस्तो अवस्थामा तपाईं अस्वीकारसँग किन डराउनु हुन्छ ? हामी मानिसहरुको सबभन्दा राम्रो र खराब गुण भनेको नै हाम्रो कल्पना शक्ति हो। अहिले तपाईं अस्वीकृत हुने सोचेर डराउनुभएको हुन सक्छ । तर दोस्रो क्षणमा यो त्रासले पनि सताउन सक्छ कि यदि सबै ठीकठाक भयो भने त्यो अवस्थामा के होला रु पहिलो डेटमा नै हामीले अर्कोलाई कसरी चिन्न सकौंला र ? भन्ने चिन्ता पनि हामीमा हुन्छ । यस्तो डर लिएर बाँच्ने तपाईं एक्लो मान्छे भने होइन । हामीहरू धेरैमा यो डर महसुस हुने गर्छ । अझै नराम्रो कुरा, यो हुन सक्छ कि हामीले डेट गर्दै गरेका व्यक्ति सही छ वा खराब छ रु कहिलेकाहीँ त के पनि हुन्छ भने धेरै पटक तपाईं डेटिङमा गए पनि तपाईंले अर्को साथीलाई चिन्न सक्नुहुन्न ।