आज भारत बन्द, ८ करोड व्यापारी हड्तालमा

सहयात्रा टिभी

नयाँ दिल्ली । भारतीय व्यापारीहरूले आज (शुक्रबार) भारत बन्द गरेका छन् । जीएसटी व्यवस्था सरल बनाउन तथा इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा अखिल भारतीय ट्रेडर्सको संगठनले बन्दको घोषणा गरेको हो।

किसान आन्दोलनकाबीच आज भारत बन्द गरिएको हो । बन्दमा देशभरका ८ करोड बढी व्यापारी संलग्न हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । साथै ट्रान्सपोर्ट संगठनले पनि आजै चक्काजामको घोषणा गरेको छ ।

देशभरका एक हजार पाँच सय ठाउँमा व्यापारीले धर्ना दिनेछन् । त्यस अवधिमा देशभर बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म चक्काजाम हुनेछ । साथै देशभरका सबै बजार पनि बन्द रहनेछन् । यसले नागरिकको दैनिकीमा भने प्रभाव पार्ने छ ।

प्रकाशित : 26 February, 2021

प्रतिक्रिया दिनुहोस्