शाओमीको रेडमी के-४० सिरिज सार्वजनिक
काठमाडौं । फाल्गुन १६, चीनको स्मार्टफोन कम्पनी शाओमीले रेडमीको के४० सिरिज बजारमा ल्याएको छ। यस सिरिज अन्तर्गत तीनवटा भेरियन्टहरु-रेड्मी के४० रेड्मीको के४० प्रो तथा रेड्मीको के४०प्रो प्लस रहेका छन्। कम्पनीले हिजो यी तीन भेरियन्टहरु लञ्च गरेको हो। यी तीन भेरियन्टमध्ये रेड्मी के४० मा क्वालकमको ८७० एसओसी प्रोेसेसर तथा के४०प्रो र के४०प्रो प्लस दुवैमा क्वालकमकैे ८८८ एसओसी प्रोेसेसर प्रयोग गरिएको छ। यस बाहेक यी तीन वटै भेरियन्टमा पछाडिपट्टि तीन वटा क्यामेरा दिइएको छ।
मूल्य
भारतमा यसको बेस भेरियन्ट अर्थात् रेड्मी के४० को मूल्य २२, ५०० भारु रहेको छ।
रेडमी के४०
६जीबी र्याम १२८ जीबी स्टोरेज – २२, ५००
८जीबी र्याम १२८ जीबी स्टोरेज – २४, ७००
८जीबी र्याम २५६ जीबी स्टोरेज – २८, ०००
१२ जीबी र्याम २५६ जीबी स्टोरेज – ३०, ४००
रेडमी के४० प्रो
६जीबी र्याम १२८ जीबी स्टोरेज – ३१, ५००
८जीबी र्याम १२८ जीबी स्टोरेज – ३३, ८००
८जीबी र्याम २५६ जीबी स्टोरेज – ३७, ०००
रेडमी के४० प्रो प्लस
१२ जीबी र्याम २५६ जीबी स्टोरेज – ४१६००