भाले जुधाइ खेलका क्रममा एक जनाको ज्यान गयो
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन १६, भारतको तेलङ्गाना राज्यमा कुखुराको भालेको जुधाइ (खेल) का क्रममा एक जनाको ज्यान गएको छ । कुखुराको भालेको अवैध जुधाइका लागि एक भालेको पन्जामा चक्कुबाँधिएको थियो । त्यो कुखुराले भाग्ने कोसिस गर्दा उसको पन्जामा बाँधिएको चाकुले उसकै मालिक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएपछि उनलाई अस्पताल लैजाँदै गर्दा ज्यान गएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार ‘खेल’ का लागि कुखुराको भालेलाई तयार गरिँदै थियो र त्यही क्रममा उसले भाग्ने कोसिस गरेको थियो । ‘एएफपी न्युज एजेन्सी’ को प्रतिवेदनअनुसार यस घटनामा सहभागी व्यक्तिमाथि हत्या, अवैध सट्टाबाजी र कुखुराको भाले जुधाइको आयोजना गरेको आरोप लगाइएको छ । ‘द न्यू इण्डियन एक्सप्रेस’ का अनुसार स्थानीय प्रहरी अधिकारी बी जीवनले कुखुराको भालेलाई आउँदो तारिखमा अदालतमा पेस गरिनेछ ।