पाँचपोखरीको छिम्तीमा ‘रक क्लाइम्बिङ’ परीक्षण

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १६, पाँचपोखरी थाङपाल गाँउपालिकामा ‘रक क्लाइम्बिङ’ को परीक्षण गरिएको छ । गाँउपालिकाको वडा नम्बर ३ को छिम्ती भिरमा रक क्लाइम्बिङको परीक्षण सुरु गरिएको हो । पर्यटन प्रवर्द्धनका लागि रक क्लाइम्बिङको परीक्षण सुरु गरिएको वडाध्यक्ष ङिमा छिरिङ तामाङले जानकारी दिनुभयो ।

काठमाण्डौदेखि नजिक रहेको पाँचपोखरी पदमार्गमा पर्ने यो ठाउँमा यी योजना अघि बढाइएको गाउँपालिकाले जनाएको हो । नेपाल सरकारले सार्वजनिक गरेको नेपालका घुम्न लायक ठाँउमध्येको एक पाँचपोखरी जाने बाटोमा पर्ने छिम्ती भिरमा रक क्लाइम्बिङ, कृत्रिम झरना र भियाब्रतालगायतका योजना एकै ठाँउमा भएको यो एसियाकै पहिलो ठाउँ रहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

प्रकाशित : 28 February, 2021

प्रतिक्रिया दिनुहोस्