सुराच र अजरको ‘तिरिमिरी’ गीतको भिडियो सार्वजनिक (भिडियो)
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । सुराच प्रसाईको शब्द तथा संगीतमा गायक अजर जंगमको स्वरमा ‘तिरिमिरी’ बोल्को गीत सार्वजनिक भएको छ ।
गायकसमेत रहेका प्रसाईले आफ्नो शब्द तथा संगीत भएको गीतमा यसपटक भने गायक अजर जंगमको स्वर भरेका हुन् ।
संगीत संयोजनको काम उदय राज पौडेलले गरेका हुन् भने मिक्सिंग/मास्टरिंग अशोक महर्जनले गरेका हुन् ।
गीतको भिडियो मिमोह के श्रेष्ठले निर्देशन गरेका छन् भने कोरियोग्राफी विक्रम स्वरले गरेका हुन् । भिडियोमा अजय श्रीस मगर, श्रेया कार्की र दर्शन काजीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।
यसअघि, डेब्यु एल्बम जिन्दगीमा समावेश ‘नाइलनको सारी’ गीतबाट दर्शक/स्रोताको मन जित्न सफल सुराच प्रसाईंको ठोक मादल, मायालाई, बन्छ नेपाल, यो दशैँ यो तिहारलगायतका गीत हिट भएका थिए ।
हेर्नुस् भिडियो: