अमेजनको जङ्गल फेसबुक मार्फत बेचिदै

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १७, ब्राजिलको अमेजन जङ्गलका विभिन्न भागहरु अवैधरुपमा फेसबुकमार्फत् खरिद बिक्री भैरहेको खुलासा भएको जानकारी आएको छ । बीबीसीका अनुसार राष्ट्रिय वन तथा आदिवासीहरुका लागि आरक्षित क्षेत्रलगायतका संरक्षित क्षेत्रहरु गैरकानुनीरुपमा फेसबुकमा बिक्री भइरहेको हो ।

आफ्नो प्लाटफर्ममार्फत् विश्वकै निकै महत्वपूर्ण जङ्गलको अवैध कारोबार भैरहेको खुलासा भएसँगै फेसबुकले उक्त कार्य रोक्नका लागि स्थानीय अधिकारीहरुसँग सहकार्य गर्ने जनाएको छ । तर फेसबुकको प्लाटर्फममा भैरहेको अवैध व्यापार रोक्नका लागि आफैले स्वतन्त्र रुपमा कुनै कदम चाल्ने बारेमा खुलाएको छैन । फेसबुकको मार्केट प्लेसमा गएर forest, native jungle, timber आदि शब्दलाई पोर्चिगिज भाषामा टाइप गरेर अमेजन जङ्गल क्षेत्रमा पर्ने कुनै पनि राज्यलाई लोकेसनको रुपमा हालेर सर्च गर्दा अमेजन जङ्गलका बिक्रीमा राखिएका प्रसस्तै त्यस्ता प्लटहरु भेटाउन सकिन्छ । कतिपय प्लटहरुमा त स्याटेलाइट तस्वीर र जीपीएस कोअर्डिनेट समेत दिइएको हुन्छ ।

अमेजन जङ्गलको अवैध खरिद–बिक्रीबाट प्रभावित आदिवासी समुदायका अगुवाले भने त्यस्तो कार्य रोक्नका लागि कडा कदम चाल्न फेसबुकलाई आग्रह गरेका छन् । अभियानकर्मीहरुले चाहिँ संरक्षित अमेजन झङ्गलको सोसल मिडियामार्फत भैरहेको अवैध बिक्री रोक्न ब्राजिल सरकार नै इच्छुक नभएको आरोप लगाएका छन् ।

प्रकाशित : 1 March, 2021

प्रतिक्रिया दिनुहोस्