मेयर कप क्रिकेट टिमको घोषणा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १७, यही फागुन २२ गतेदेखि सुरु हुने मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि काठमाडौं मेयर–११ टिमको घोषणा भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको यस प्रतियोगितामा गत माघमा भएको प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल खेलेका चार टिम र काठमाडौं मेयर–११ टिमसहित पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रधानमन्त्री कपको सेमिफाइनल पुगेका चार टिम त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस र बागमती प्रदेश सिधै मेयर कपको लागि छनोट भइसकेका छन् । बाँकी रहेका ६ प्रदेशबाट खेलाडी छनोट गरी संयुक्त रुपमा एक टिम निर्माण गरिएको बताईएको छ। जसको नाम काठमाडौं मेयर–११ रहनेछ ।
काठमाडौ मेयर–११ टिम
सिद्धान्त लोहनी – प्रदेश १
हरिशंकर शाह – प्रदेश २
विवेक यादव – प्रदेश २
विपिन खत्री – गण्डकी
अर्जुन कुमाल – गण्डकी
कृष्ण कार्की – लुम्बिनी
सौरभ खनाल – लुम्बिनी
अनिल खरेल – लुम्बिनी
विक्रम भुसाल – लुम्बिनी
सन्दीप रजाली – लुम्बिनी
अनुज चुनारा – कर्णाली
विपिन रावल – कर्णाली
रविन्द्रजंग शाही – कर्णाली
खड्गबहादुर बोहरा – सुदूरपश्चिम
नारायण जोशी – सुदूरपश्चिम