केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्षको जेल सजाय

सहयात्रा टिभी

एजेन्सी । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार आरोपमा तीन वर्ष जेल सजाय तोकिएको छ ।

पदमा रहँदा भ्रष्टाचार गरेको र मुद्दालाई प्रभावित गर्न न्यायाधीशहरुलाई घुस दिन खोजेको आरोपमा दोषी ठहर भएपछि फ्रान्सको उच्च अदालतले सार्कोजीलाई ३ वर्षको जेल सजाय सुनाएको हो ।

६६ वर्षीय सार्कोजी सन् २००७ देखि सन् २०१२ सम्म फ्रान्सको राष्ट्रपति रहेका थिए । आफूविरुद्ध लागेको एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन उनले सन् २०१४ मा सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोप लागेको थियो ।

सार्कोजीका कानुन व्यवसायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई पनि तीन वर्ष जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो सजायसँगै सार्कोजी फ्रान्सको इतिहासमा भ्रष्टाचार आरोपमा जेल सजायँ पाउने पहिलो राष्ट्रपति बनेका छन् ।

प्रकाशित : 2 March, 2021

प्रतिक्रिया दिनुहोस्