केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चीनद्धारा थप आठ लाख डोज खोप अनुदान

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८, चीनले पनि नेपाललाई कोभिड १९ विरुद्ध थप आठ लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटर मार्फत थप खोप दिने जानकारी दिनुभए । नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले थप ८ लाख सहित जम्मा १३ लाख डोज खोप उपलब्ध गराउने निर्णय गरेको छ ।

चीनको प्रतिबद्धताअनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ भने यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । सो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ । यसअघि भारतले १० लाख डोज खोप अनुदानमा दिइसकेको छ ।

प्रकाशित : 2 March, 2021

प्रतिक्रिया दिनुहोस्