फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी भ्रष्टाचार मुद्धामा दोषी ठहरी सजाय घोषणा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १८, फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद सजाय सुनाइएको छ । सन २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति रहेका ६६ वर्षीय सार्कोजीलाई सोमबार एक अदालतले आफ्नो चुनावी अभियानका लागि आर्थिक सहयोग लिन र गोप्य सूचना प्राप्त गर्न अरू दुई जना व्यक्तिसँग मिलेर कानूनको उल्लंघन गरेको आरोपमा दोषी ठहर गरेको बताईएको छ ।
३ वर्षमध्ये उनलाई दुई वर्षको सजाय निलम्बन गरिएको छ भने एक वर्ष पनि उनले जेलबाहिर बसेर कटाउन सक्नेछन । त्यो अवधिमा उनलाई घरमै नजरबन्दमा राख्ने वा शरीरमा इलेक्ट्रिक डिभाइस जोडेर आंशिक हिँडडुल गर्न दिने मध्येको कुनै एक सुविधा प्राप्त हुन सक्ने छ ।