धेरै समयसम्म कम्युटरमा काम गर्नुहुन्छ? ‘कार्पल टनल सिन्ड्रोम’ समस्या हुनसक्छ
काठमाडौं । फाल्गुन १८, लामो समयसम्म कम्युटरमा बसेर काम गर्दा सामान्यताः हात, कम्मरमा समस्या आउँछ । निरन्तर कम्युटरमा काम गर्दा धेरै कम्युटर स्क्रिनमा हेर्ने गर्दा आँखा, हड्डी र शरीरका मांशपेशीमा पनि समस्या पुग्छ। कम्युटरमा लगातार काम गर्दा कार्पल टनल सिन्ड्रोम (Carpal tunnel syndrome) को समस्या समेत आउनसक्छ। सो समस्या हात र नाडीमा हुने दुखाई हो । ८ देखि ९ घण्टासम्म निरन्तर काम गर्दा हुने अर्को समस्या सर्भाइकल स्पोन्डिलोसिस हो ।
हात र नाडीमा हुने दुखाई अर्थात कार्पल टनल सिन्ड्रोम भएमा औषधि खानुपर्ने चिकित्सकहरु बताउँछन् । कार्पल टनल हड्डी र नाडीमा हुने समस्या हो भने यो औंलाहरु, माझी औंला र चौँथो औंलासँग जोडिएको हुन्छ । यसमा औंलाहरु सुन्निने, कमजोरी हुने, झन्झनाउने गर्छ । यसले गर्दा हातले काम गर्न निकै गाह्रो हुन्छ। र कमप्युटरमा काम गर्न सकिँदैन् । भारतको नेशनल विमेन्स हेल्थ इन्फोर्मेशन सेन्टरले गरेको एक अनुसन्धानका अनुसार कार्पल टनल सिन्ड्रोमको जोखिमको कारण कम्युटरमा बसेर गरिने तिनै गतिविधिहरु हुन् ।